Breaking News

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै विप्लव’ निकट जनवर्गीय संगठनहरुले माइतीघर मण्डलामा प्रदर्शन

सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्य बृद्धिको बारेमा बिरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुले बढ्दो पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै प्रदर्शन गरेका छन् । राजधानीको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपछि आयोजित कोणसभामा जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूले महँगी नियन्त्रण गर्न माग गर्दै एमसीसीको समेत विरोध गरेका थिए ।