Breaking News

मधेशमा सिके राउत शक्ति बटुल्दै : किसानको माग लिएर राजमार्ग अवरुद्ध गर्दै

मधेशमा अर्को राजनीतिक शक्ति जन्मने तयारी गर्दै छ । मधेशमा आफनो शत्ति जमाउन उसले प्रायजसो प्रदर्शन गरेर आफ्नो शत्ति देखाइरहेको छ । जो पार्टी हो सिके राउत नेतृत्वको जनमत पार्टी । सोही पार्टीले आज मेधशमा राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन्।

किसान आन्दोलन भन्दै उक्त पार्टीले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्।

मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गर्दै उनीहरूले आज बिहानैदेखि प्रदर्शन गरेका हुन्।

प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ। राजमार्गका ठाउँ(ठाउँमा बाँसका भाटा बोकेका जनमत पार्टीका कार्यकर्ता बसेका छन्।

केही स्थानमा बाहेक लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको उनीहरूले बताएका छन्।

राजमार्ग क्षेत्रमा प्रहरी पनि परिचालन गरिएका छन्।

विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टी किसान आन्दोलन गरिरहेको छ।