१९ माघ, काठमाडौं। नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आजै कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९१ हजार ८८८ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ भने ८ लाख ७८ हजार ७२० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल ६७ हजार ८२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४६६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७० जना आईसीयू र ५२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ६४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १११ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा आज थप १ हजार १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८६८, ललितपुरमा १७० र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा १३१, मोरङमा ११८, चितवनमा १०४, सुनसरीमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कैलालीमा ५८, तनहुँमा ३९, झापामा ३६, मकवानपुरमा ३ण्, धनुषामा २५, सर्लाही र बाँकेमा २३र२३ जना, नवलपरासी पुर्वमा २१ र रुपन्देहीमा २० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।