Breaking News

पेरिस सेन्ट जर्मन (पिएसजी) कोपा डे फ्रान्सको अन्तिम १६ बाटै बाहिरिएयो

फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) कोपा डे फ्रान्सको अन्तिम १६ बाटै बाहिरिएको छ। गए राती भएको खेलमा निससँग पेनाल्टी सुटआउटमा ६-५ ले स्तब्ध भएको हो।

निर्धारित समय गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

निसका गोलिकिपर मार्सिन बुल्काले पिएसजीका लियानार्दो प्राडेस र जाभी सिमोन्सको प्रहार रोकेपछि टोलीलाई क्वार्टफाइनलको यात्रा तय गराए।

निसका डेलोर्टको प्रहार गोल नभए पनि बाँकी सबै खेलाडीले गोल गरेका थिए।

बुल्का पिएसजीबाटै लोनमा निस गएका थिए। पिएसजीको यो हारसँगै सबै खाले प्रतियोगिता गरि १४ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ।

सन् २०११ पछि पिएसजीले कोपा डे फ्रान्समा गोल गर्न नसकेको यो पहिलो खेल हो। पिएसजी निससँग पछिल्लो आठ भेटमा अपराजित थियो ।

कोभिड १९ संक्रमणपछि टोलीबाट बाहिर रहँदै आएका अर्जेन्टिनी स्ट्राइकर मेसी सोमबार निसविरुद्धको खेलमा फर्किए पनि पिएसजीलाई जिताउन सकेनन्।

पिएसजीका लागि मेसी, एम्बाप्पे, ड्राक्सलेर, भेराती र बेर्नाटले गोल गरेका थिए।

एजेन्सी