Breaking News

दमौली–डुम्रे सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

१८ माघ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको
छ ।

दुर्घटनामा मोटरसाइकलमा चढेका तनहुँको व्यास नगरपालिका–५ का अनिल मगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।

उनीहरु सवार ग १८ प ९२९५ नम्बरको मोटरसाइकल र लु १ ख ९८३२ नम्बरको ट्रक गएराति तनहुँको बन्दिपुर गाउँपालिकाको बेल भञ्ज्याङ भन्ने स्थानमा ठोक्किएका थिए ।