प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक, २५ वटा पत्रपत्रिका हुबहुमा कारवाही

प्रेस काउन्सिल नेपालले लामो समयदेखि रोकिएर रहेको आर्थिक दुई वर्षको पत्रपत्रिका वर्गीकरण नतिजा हिजो सार्वजनिक गरेको छ । वर्गीकरणमा ४५ वटा पत्रपत्रिकाले हुबहु सारेकाले वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय भएको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गरी आ.व. २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वितरण सम्परीक्षण समितिको प्रतिवेदनका आधारमा वर्गीकरण नतिजा प्रकाशन गरिएको बताएको छ ।

विभिन्न कारणबसले पत्रपत्रिकाको वर्गीकरण ३ वर्षदेखि सार्वजनिक गरिएको थिएन । आ.व. २०७५/०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२० पत्रपत्रिकामध्ये क वर्गमा २१९ पत्रपत्रिका वर्गीकृत छ्न भने ख वर्गमा ४७६ पत्रपत्रिका, ग वर्गमा १३७ पत्रपत्रिका र घ वर्गमा १५ पत्रपत्रिका वर्गीकृत परेका छन् । वर्गीकरण भएकामध्ये १७९ दैनिक पत्रिका, ३ अर्धसाप्ताहिक पत्रिका र ५०१ साप्ताहिक पत्रिका वर्गीकृत भएका छन् । यस्तै ११ पाक्षिक, ७३ मासिक पत्रिका, ७ वटा द्वैमासिक पत्रिका र ६ वटा त्रैमासिक पत्रिका वर्गीकृत छन् । ५८ वटा साहित्यिक र ९ वटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन् । तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका २५ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन ।

त्यस्तै आ.व. २०७६/०७७ को वर्गीकरणको लागि आवेदन दिने ८७८ ९प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०० पत्रपत्रिकामध्ये क वर्गमा २३९ पत्रपत्रिका वर्गीकृत भएका छन् । यस्तै ख वर्गमा ४३१ पत्रपत्रिका, ग वर्गमा १६३ पत्रपत्रिका, वर्गीकरण भएका छन् । घ वर्गमा कुनै पनि पत्रपत्रिका वर्गीकरण गरिएका छैनन् । वर्गीकरण भएकामध्ये १८० दैनिक पत्रिका, २ अर्धसाप्ताहिक पत्रिका र ४८६ साप्ताहिक पत्रिका
छन् । १२ पाक्षिक, ७३ मासिक पत्रिका, ६ वटा द्वैमासिक पत्रिका र ८ वटा त्रैमासिक पत्रिका वर्गीकृत छन् । ५७ वटा साहित्यिक र ९ वटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन् । तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका ३४ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन ।

बर्गीकरणको नतिजा सार्वजनिक सँगै काउन्सिलले नतिजामा चित्त नबुझे नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोगरपुनः मूल्याङ्नका लागि निवेदन दिन सकिने जनाएको छ । पत्रपत्रिका वर्गीकरणको नतिजा प्रेस काउन्सिल नेपालको वेबसाइट र फेसबुक पेजमा समेत राखिएको छ ।