नेपालमा थप ५ हजार २९२ जनामा कोरोना पोजेटिभ पुष्टि

नेपालमा कोरोना भाइरसका संक्रिमत घट्न क्रममा आज थप ५ हजार २९२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १६ हजार ८८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ३४७२ पिसिआर परीक्षणबाट र १८२० एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

आजै थप ८१९१ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ७९ हजार २७२ जना कोरोनाका सक्रिय संक्रमित छन्।