म्याग्दीको रत्नेचोरस्थित तोरीबारीमा घुम्न जानको भिड भएपछि स्थानीय प्रशासनद्धारा रोक

१६ माघ, बेनी, म्याग्दी । म्याग्दीको रत्नेचोरस्थित तोरीबारी अहिले भाइरल नै भएको छ । त्यहाँ प्राय दिन घुम्न जानेको लाम नै लागेको देख्न सकिन्छ । मुख्यतय तय त्यहाँ टिकटक, फोटो सुट र रमणीय फुलिरहेको दृश्य अवलोकन नै हो । यसैका लागि टाढाटाढाबाट सो ठाँमा घुम्न जानको भिड भएपछि स्थानीय प्रशासनले रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले रत्नेचौरमा पिच सडकको दायाँबायाँ रहेको तोरीबारीमा घुम्न जान रोक लगाएको बताएको छ ।

कोरोनाभाइरसका संक्रमित फेरि बढ्न थालेपछि भीडलाई नियन्त्रण गर्न आइतबारदेखि तोरीबारीमा प्रहरी परिचालन गरिएको पनि छ ।
तोरीबारीमा एकदमै भीड बढेपछि हाज आइतबार जिल्ला प्रहरी कार्यालय बेनीबाट तोरीबारीमा प्रहरी टोली परिचालन गरिएको हो।

अहिले त्यहाँ घुम्न जानेहरु सो क्षेत्रमा पुगे पनि प्रहरीले फर्काइदिएको छ ।

पहेँलो तोरीबारीको बीचमा कालोपत्र गरिएको सडकको मनमोहक दृश्य देखिन्छ। यही दृश्य हेर्न मानिसहरू आउने गरेका छन्। तोरीबारीको फोटो, भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका कारण मानिसहरूको भीड बढेन थाले पछि प्रशासनले यस्तो विज्ञाप्ति जारी गरेको हो ।