निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीबाट जोर–बिजोर हटाउन सिफारिस

१४ माघ, काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।

जिल्ल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) ले आफैं पनि जोर–बिजोर हटाउन सक्छ,’ तर ‘प्रत्येक जिल्लालाई निर्देशन दिन नसकिने भएकाले मन्त्रिपरिषदमा सिफारिस गर्न  (सीसीएमसीसी) ले आग्रह गरेको हो ।