माघ २३ गतेदेखि विद्यालय खोल्न दिन (प्याब्सन) ले शिक्षा मन्त्रीसँग माग

निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) ले माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सन केन्द्रीय कार्यसमितिले हिजो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको हो ।

खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न शिक्षामन्त्री पौडेललाई माग गरेको छ ।

प्याब्सन अध्यक्षका भने, अहिले शिक्षा क्षेत्रमा डेडलक छ । अब हामीले के गर्ने त ? १५ गतेसम्म बन्द भनेको छ । केही दिनअघि शिक्षा मन्त्रालयले २० गतेसम्म खोप अभियान चलाउने भनेको छ । ठीक छ । २० गतेपछि हामीले के गर्ने ? शिक्षा मन्त्रालयको सोच के छ भनेर
सोध्यौं ।

खोप लगाइसकेको विद्यार्थीलाई आलो पालो प्रणालीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्नको माग गरिएको उनको भनाइ छ । आउने सप्‍ताह १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप दिनुपर्ने र पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न माग गरेको पुरीले बताए । यस्तै शिक्षक तथा कर्मचारीको लागि बुस्टर डोजको व्यवस्था गर्न मन्त्रीलाई अनुरोध गरेको पुरीले जनाकारी दिए ।

शिक्षामन्त्री पौडेलले प्याब्सनसँगको सल्लाहमा खोप लगाइसकेपछि निर्णयमा पुग्ने बताएका थिए ।
प्याब्सनको काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला समिति तथा नगरसमितिहरु गरी १८ वटा कार्यसमितिले तीन वटै जिल्ला प्रशासन कार्यलयमा १० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।