राष्ट्रियसभा निर्वाचन : प्रदेश १ को खुलातर्फ सत्ता गठबन्धनका उम्मेद्वार र एमाले उम्मेद्वारको बराबरी ४ हजार ४ सय ८८ मत

राष्ट्रियसभाको आज भएको निर्वाचनमा प्रदेश १ को खुलातर्फ सत्ता गठबन्धनका उम्मेद्वार र एमाले उम्मेद्वारको बराबरी मत आएको छ ।

गठबन्धनका गोपाल बस्नेत र एमालेका गुरु बरालको बराबरी मत आएको हो । काँग्रेसका गोपाल बस्नेतले ४ हजार ४ सय ८८ मत पाउँदा एमालेका बरालले पनि त्यति नै मत पाएका हुन् ।

प्रदेश १ मै गठबन्धनका उम्मेदवारलाई हराँउदै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी भएका छन्।

अल्पसङ्ख्यक कोटाबाट उम्मेदवार बनेका उनले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन्। ४ हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४९ प्रदेशसभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे।