राष्ट्रियसभाको १९ सदस्यका लागि आज मतदानबाट सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने

राष्ट्रियसभाको १९ सदस्यका लागि आज बुधबार देशभर मतदान सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान सुरु भएको हो । यसै क्रममा सत्तासझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज निर्वाचन भएको राष्ट्रिय सभाका सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने बताएका छन्।

अध्यक्ष नेपालले आज पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनबाट उठेका उम्मेदवारले जित्ने र यसबाट नयाँ तरंग पैदा हुने बताए।
चुनावमा गठबन्धनबाट उम्मेदवार छन्। हाम्रो पार्टीकै ५ जना उम्मेदवार हुनुहुन्छ,’ ‘हामीलाई आशा छ, सबै पदमा गठबन्धनले जित्छ र त्यसले तरंग पैदा गर्छ।’

रिक्त १९ पदमा भागबन्डा गरेर गठबन्धनले उम्मेदवार उठाएका थिए। १९ पदमा नेकपा एमालेले पनि उम्मेदवार उठाएको छ।

उनले स्थानीय तहलगायत चुनाव अब कहिले गर्ने भन्ने अहिले बहसको विषय भएको भन्दै संविधानअनुसार चुनाव हुनुपर्नेमा पार्टीको धारणा रहेको बताए।

‘संविधानलाई सर्वोपरि राखेर कानुनअनुसार चुनाव सम्पन्न हुनुपर्छ’ ‘एकै पटकमा तीनै तहकै चुनाव गर्न सके राम्रो हुन्छ, खर्च जोगिन्छ।’