मन्त्री रामकुमारी झाँक्रीले स्वर्गीय पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई एक महिनाको तलबको आधा रकम प्रदान

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले हाल मात्र मृत्यु भएका पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई आफ्नो एक महिनाको तलबको आधा रकम दिएकी छन् । पैसाको अभावमै ज्यान गुमाए विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गरिदिइएकी छन् ।

विश्वकर्माको निधनप्रति मन्त्री झाँक्रीको विशेष ध्यानाकर्षण भएको मन्त्री झाँक्रीकी प्रेस संयोजक कान्ति न्यौपानेले बताइन् ।

अस्पतालको लापरवाही र आर्थिक अभावकै कारण उनको मृत्यु भएको समाचारहरु प्रकाशित भइरहँदा त्यो विषयमा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउने पहल गर्नुपर्नेमा पनि मन्त्री झाँक्रीको जोड समेत दिएकी छन् ।