राष्ट्रिय स्तरका विकास बैंकहरूले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरूले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । साउनदेखि पुस मसान्तसम्म कुल ६ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकहरूले सो अवधिमा ३ अर्ब २० करोड २७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १४.४६ प्रतिशतले बढी
हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्म यी ८ वटा विकास बैंकहरूले कुल २ अर्ब ७३ करोड ९४ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

नाफा वृद्धि प्रतिशतको हिसाबमा यस अवधिमा वाणिज्य बैंकहरूलाई पनि पछि पार्दै विकास बैंकहरूले अग्रता हासिल गरेका छन् । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको छ महिनामा वाणिज्य बैंकहरूले ८.८७ प्रतिशतले आफ्नो नाफा वृद्धि गरिरहँदा यता विकास बैंकहरूले अधिकतम १४.४६ प्रतिशतले नाफा वृद्धि गरेका छन् ।

यद्यपि, यो राष्ट्रिय स्तरका ८ वटा विकास बैंकहरूको मात्र तथ्याङ्क हो । कुल १७ विकास बैंकमध्ये बाँकी ९ वटा क्षेत्रीय तथा जिल्ला स्तरीय विकास बैंकको तथ्याङ्क यहाँ समाहित गरिएको छैन ।

कुन विकास बैंकले कति कमाए रु ९हजारमा०

​राष्ट्रिय स्तरका ८ वटा विकास बैंकको वित्तीय रिपोर्ट हेर्दै गर्दा चालु आर्थिक वर्षको ६ महिनामा ६ वटा विकास बैंकको नाफामा वृद्धि भएको छ भने २ वटा विकास बैंकको नाफामा ब्रेक लागेको छ । अर्थात् अघिल्लो वर्षको तुलनामा दोस्रो त्रैमासमा २ वटा विकास बैंकको नाफा घटेको छ ।

यस अवधिमा मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकको नाफा अघिल्लो वर्षको भन्दा पनि कम भएको हो । यी बैंकहरूको नाफा क्रमशः २.१४ प्रतिशत र ११.८९ प्रतिशतले घटेको छ ।

गत वर्ष कुल ६१ करोड ५५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको मुक्तिनाथ विकास बैंकले यस वर्ष २.१४ प्रतिशतले नाफा गुमाउँदै ६० करोड २४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यता कामना सेवा विकास बैंकले अघिल्लो वर्ष नै ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्ष ११.८९ प्रतिशतले नाफा गुमाउँदै ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ कमाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको आक्रामक छलाङ

समीक्षा अवधिमा सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो नाफामा अप्रत्याशित छलाङ मारेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको छ महिनामा सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो नाफा अधिकतम ५९.४७ प्रतिशतले वृद्धि गरेको छ ।

अघिल्लो वर्ष कुल १६ करोड ४८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष ५९।४७ प्रतिशतले नाफा वृद्धि गर्दै कुल २६ करोड २८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै समीक्षा अवधिमा बैंकले वितरणयोग्य नाफासमेत अधिकतम ११८.७० प्रतिशतले वृद्धि गर्दै १८ करोड ४ लाख २६ हजार रुपैयाँ पुर्याएको
छ । यस अवधिमा बैंकले ४६.८१ प्रतिशतले ब्याज आम्दानी बढाएर ७९ करोड ५८ लाख ८३ हजार रुपैयाँ कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ४.७४ प्रतिशतले बढेर १७ रुपैयाँ १२ पैसा पुगेको छ ।