Breaking News

विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप लगाउन सरकारले माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय

सरकारले पछिल्लो चरणमा कोरोना संक्रमण बढ्न थालेको भन्दै माघ १५ सम्म बिद्यालय बन्द गराएको थियो । बिद्यालय बन्द भएपनि सरकारले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप लगाउन भन्दै माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुल्ने र त्यो बेला सबै विद्यार्थीलाई खोप लगाउनुपर्ने बताएको छ।

मन्त्रालयले सूचना निकालेर विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ। खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने तयारी सरकारको छ।