क्यामरूनमा रंगशाला बाहिर भेला भएको भिड अनियन्त्रीत हुँदा ६ जनाको मृत्यु दर्जन बढी घाइते

क्यामरूनमा जारी अफ्रिका कप अफ नेशन्सको अन्तर्गत प्रि-क्वाटर फाइनलको खेल हेर्नका रंगशाला बाहिर भेला भएको भिड अनियन्त्रीत हुँदा ६ जनाको मृत्यु हुनुका साथै दर्जन बढी घाइते भएका छन्।

क्यामरून र कोमोरसबीचको अन्तिम १६ को खेल हेर्नका लागि मैदान प्रवेशका क्रममा उक्त घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सार्वजनिक भएको एक भिडियो फुटेज अनुसार राजधानी योउन्डको नजिक रहेको पाउल विया स्टेडियममा समर्थक र दर्शक मैदान प्रवेशका लागि संघर्ष गरिरहेको देख्न पाइन्छ।

ष्लखयतभअज

क्यामरूनका मध्य क्षेत्रीय गभर्नर पउल वियाका अनुसार मृत्यु हुने मानिसको संख्या बढ्न सक्ने एपीलाई जानकारी दिएका छन्।

अर्को एक रिपोर्टका अनुसार कयौं बच्चाहरु बेहोश भएका छन्।

कबलष्mबलअष्तबष्तm
रंगशालाको क्षमता ६० हजार भए पनि कोभिड प्रतिबन्धका कारण ८० प्रतिशत समर्थकलाई मात्र मैदान प्रवेशको अनुमति दिएको थियो।

खेल अधिकारीका अनुसार करिब ५० हजार समर्थक मैदान प्रवेशका लागि प्रयासरत थिए।

घाइतेको उपचार गराइरहेकी एक नर्स ओलिङ्गा प्रुडेन्सले एपीलाई दिएको जानकारी अनुसार केही घाइतेको अवस्था निकै दयनीय छ।

अफ्रिकी फुटबल महासंघ ९सीएएफ० ले अहिले घटनाको अनुसन्धान गरिरहेको छ।