अध्यक्ष प्रचण्डले माघ २७ गते केन्द्रीय समिति बैठक बोलाए

९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले महाधिवेशन सकिएको डेढ महिनासम्म पनि अध्यक्ष बाहेक अरु पदाधिकारी चयन गर्न सकेको छैन । महाधिवशन सकिए लगत्तै पार्टी अध्यक्ष प्रचण्ड र अन्य नेताहरुलाई कोभिड भएपछि पदाधिकारी चयन थाति राखिएको थियो । अहिले नेताहरुमा कोभिड संक्रमण पोजेटिभ भएपछि अध्यक्ष प्रचण्डले माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

अध्यक्ष प्रचण्डले प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो र स्थायी कमिटी गठन र पदाधिकारी चयनका लागि २७ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने जानकारी दिएका हुन् ।

यो बैठकले केन्द्रीय सदस्यहरुको कार्ययविभाजन गर्नुका साथै महाधिवेशले पारित गरेको कार्यदिशाअनुसार कार्ययोजना बनाउने प्रचण्डको परिपत्रमा उल्लेख छ ।

उनले केन्द्रीय समितिको आगामी बैठकले निर्णय नगर्दासम्म यसअघिका सबै प्रदेश समिति, जिल्ला समस्न्वय समिपित, विभाग, जनवर्गीय एवं मोर्चा संगठनका इचार्जहरुले नै यतावतको जिम्मेवारी सम्हाल्ने समेत बताएका छन् ।