Breaking News

पत्रकार लालबहादुर विश्वकर्मा (एलबी) को निधनमा समाजवादी प्रेस संगठन नेपालको शोक विज्ञप्ति

टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर विश्वकर्मा (एलबी) को अचानक निधले बारेमा शोक विज्ञप्ति निकाल्दै समाजवादी प्रेस संगठन नेपालले भनेको छ, हाम्रा संस्थापक सदस्य तथा टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर विश्वकर्मा (एलबी) को २४ वर्ष को अल्पायमै निधनको दुःखद खबरले समाजवादी प्रेस संगठन नेपाल स्तब्ध र मर्माहत भएको छ ।

पत्रकार विश्वकर्माको स्वास्थ्यमा समस्या आएपछि ललितपुरस्थित पाटन अस्पतालमा पु¥याएर उपचारकै क्रममा निधन भएको हो । विश्वकर्माका श्रीमती र एक छोरा छन् ।

अछामको रामारोशन गाउँपालिका ५ स्थायी ठेगाना भएका पत्राकार विश्वकर्मा पछिल्लो समयमा काठमाडौँमा रही पत्रकारिता गर्दै आउनु भएको थियो ।

टिभी टुडे टेलिभिजनमा काम गर्नु भन्दा पहिला जनता टेलिभिजन, इमेज टेलिभिजन, ईकागज अनलाइन लगायतमा काम गरी सक्नु भएको थियो ।

पत्रकार विश्वकर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशलि युवा पत्रकार र समाजवादी प्रेस संगठन नेपाले एक कर्मठ संस्थापक सदस्यलाई गुमाएको छ ।

समाजवादी प्रेस संगठन नेपाल स्वर्गीय संस्थापक सदस्य तथा पत्रकार विश्वकर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ । साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।