Breaking News

गुडिरहेको जीपमा माथिबाट खसेको ढुंगा लागेर दुर्घटना हुँदा तीन जनाको मृत्यु दुई जना गम्भीर घाइते

९ माघ, काठमाडौं । ओखलढुंगामा गुडिरहेको जीपमा माथिबाट खसेको ढुंगा लागेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

मानेभञ्ज्याङ–१ मोलीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको को १ ज ३५६९ नम्बरको जिपमा माथिबाट खसेको ढुंगा लागेर दुर्घटना हुँदा मानेभञ्ज्याङ–१ का ३० वर्षीय हेमबहादुर मगर, सिद्धिचरण नगरपालिका–१ का १० वर्षीय युसब कोइराला र ७ वर्षीया युनिसा कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरीका अनुसार युसब र युनिसा एकै परिवारका हुन् ।

गम्भीर घाइते जिप चालक सञ्जिव श्रेष्ठ र देवबहादुर श्रेष्ठलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अर्का एकजना घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । जीपमा ६ जना चढेका थिए ।