Breaking News

चीन सरकारले नेपाललाई २० लाख सिरिञ्च उपलब्ध

नेपालमा खोप लगाउने सिरिन्च सकिएपछि चीन सरकारले नेपाललाई २० लाख सिरिञ्च उपलब्ध गराएको छ।

अनुदानमा उक्त सिरिञ्च चीनले उपलब्ध गराएको हो।

उक्त परिमाणको सिरिञ्ज शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ।

सिरिञ्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताएकी छन्।