आईपीएल २०२२ मा सहभागी १० टिमले आफ्ना खेलाडीको सूची सार्वजनिक

१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) आईपीएल २०२२ मा सहभागी १० टिमले आफ्ना महत्वपूर्ण खेलाडीको सूची सार्वजनिक गरेका छन् ।

पुराना ८ र नयाँ २ सहित आईपीएलमा यसपटकदेखि १० टिमले सहभागिता हुनेछ।

नयाँ फ्रेन्चाइज क्लब अहमदाबाद र लखनउले पनि तीन तीन खेलाडी घोषणा गरेसँगै सबै १० टिमले न्यूनतम् खेलाडी रिटेन र रिलिज गरेका छन्।

अब हरेक टिमले आफूसँग बचेको रकमबाट आगामी फेब्रुअरी १२ र १३ मा बैंलुरूमा हुने मेगा अक्सनमा खेलाडी खरिद गर्नेछन्।

दुई नयाँ टिमले अक्सन पुलबाट तीन तीन खेलाडी छनोट गर्दा पुरानाले अधिकतम् ४ खेलाडी रिटेन गरेका छन्। जसमा एक(एक जना विदेशी खेलाडी राख्नसक्ने नयाँ प्रावधान छ।

१० टिम मध्ये मुम्बई इन्डियन्स, चेन्नाई सुपर किंग्स, कोलकता नाइटराइडर्स र दिल्ली क्यापिटल्सले चार चार खेलाडीलाई रिटेन गरेका छन्।

यस्तै हैदराबाद, राजस्थान, बैंग्लोर, अहमदाबाद र लखनउले समान तीन(तीन जना खेलाडी रिटेन गरेका छन्। यस्तै पञ्जावले सबैभन्दा कम २ खेलाडीलाई मात्रै रिटेन गरेको छ।

आईपीएल २०२२ मा सबै टिमलाई ९० करोड भारू सम्म खर्च गर्न पाउने नियम बनाएको छ। यसमा रिटेन गरिएका खेलाडीलाई दिएको रकम घटाएर बाँकी रहेको रकमका आधारमा फ्रेन्चाइज टिमले अक्सनमार्फत खेलाडी राख्न पाउनेछन्।

आफ्ना चार खेलाडी रिटेन गरेको टिमबाट ४२ करोड बजेट काटिनेछ। यस्तै तीन मात्र खेलाडी रिटर्न गर्ने टोलीको ३३ करोड काटिनेछ। यस्तै दुई मात्र खेलाडी रिटेर्न गर्ने टिमको २४ करोड र एक मात्र खेलाडी रिटेन गर्ने टोलीको १४ करोड भारतीय रूपैया काटिनेछ।

कुन टिमले क-कसलाई गरे छनोट

मुम्बई इन्डियन्सले रिटेन गरेका खेलाडी

रोहित शर्मा- १६ करोड भारू
जसप्रित बुमराह-१२ करोड
सूर्यकुमार यादव- ८ करोड
किरोन पोलार्ड- ६ करोड
खर्च( ४२ करोड
मेघा अक्सनलाई- ४८ करोड
मुम्बईले रिलिज गरेका खेलाडी
आदित्य तारे, अनमोलप्रीत सिंह, हार्दिक पांड्या, अनुकुल राय, धवल कुलकर्णी, हार्दिक पाण्ड्या, जयन्त यादव, क्रुणाल पाण्ड्या, क्विन्टन डी कक, राहुल चाहर, क्रिस लिन, ट्रेन्ट बोल्ट, मोहसिन खान, सौरभ तिवारी, एडम मिल्ने, नाथन कूल्टर–नाइल, पीयूष चावला, जेम्स नीशम, युद्ववीर चरक, मार्को जानसेन र अर्जुन तेन्दुलकर।

रोयल च्यालेन्जर्स बैंग्लोरले रिटेन गरेका खेलाडी

विराट कोहली- १५ करोड
ग्लेन म्याक्सवेल-११ करोड
मोहमद सिराज-७
खर्च(-३३ करोड
मेघा अक्सनलाई- ५७ करोड
बैंग्लोरले रिलिज गरेका खेलाडी
एबी डीविलियर्स, युजबेन्द्र चहल, हर्षल पटेल, आकाश दीप, नवदीप सैनी, शाहबाज अहमद, पवन देशपाण्डे, सचिन बेबी, रजत पाटीदार, मोहम्मद अजहरूद्दीन, काइल जेमीसन, डैन क्रिश्चियन, सुयश प्रभुदेसाई, केएस भरत, टिम डेविड, दुष्मन्था चमीरा र वनिन्दु हसरंगा।

चेन्नई सुपर किंग्सले रिटेन गरेका खेलाडीहरू

महेन्द्रसिंह धोनी – १२ करोड
रविन्द्र जडेजा – १६ करोड
मोइन अली -८ करोड
ऋतुराज गायकवाड – ६ करोड
खर्च-४२ करोड
मेघा अक्सनलाई- ४८ करोड
चेन्नईले रिलिज गरेका खेलाडी
ड्वेन ब्राबो, फाफ डुप्लेसिस, साम करन, शार्दुल ठाकुर, दीपक चाहर, सुरेश रैना, नारायण जगदीशन, केएम आसिफ, कर्ण शर्मा, अम्बाती रायुडू, मिचेल सैंटनर, लुङ्गी एनगिडी, इमरान ताहिर, रबिन उथप्पा, कृष्णप्पा गौतम, चेतेश्वर पुजारा, एम। हरिशंकर रेड्डी, के। भगत वर्मा, सी हरि निशांत, आर साई किशोर र जोश हेजलवुड।

दिल्ली क्यापिटल्सले रिटेन गरेका खेलाडी

ऋषभ पन्त-१६ करोड
अक्षर पटेल -९ करोड
पृथ्वी शा -७.५ करोड
एनरिक नोर्टजे-६.५
खर्च- ४२.५ करोड
मेघा अक्सनलाई- ४७.५ करोड
दिल्लीले रिलिज गरेका खेलाडी
श्रेयस अय्यर, अजिंक्य रहाणे, अमित मिश्रा, अवेश खान, ईशान्त शर्मा, कगिसो रबाडा, रविचन्द्रन अश्विन, शिखर धवन, मार्कस स्टोइनिस, शिमरोन हेटमायर, बेन ड्वारसुइस, स्टीव स्मिथ, उमेश यादव, टम करन र साम बिलिङ्ग्स ।

कोलकता नाइट राइडर्सले रिटेन गरेका खेलाडी

आन्द्रे रसेल- १२ करोड
वरुण चक्रवर्ती-८ करोड
बैंकेटेश अय्यर – ८ करोड
सुनिल नरेन -६ करोड
खर्च-४२ करोड
मेघा अक्सनलाई- ४८ करोड
कोलकताले रिलिज गरेका खेलाडी
इयान मोर्गन, दिनेश कार्तिक, कुलदीप यादव, लकी फर्ग्यूसन, नीतीश राणा, प्रसिद्ध कृष्णा, शिवम मावी, शुभमन गिल, राहुल त्रिपाठी, शाकिब अल हसन, करुण नायर, हरभजन सिंह, बेन कटिंग र टिम साउथी ।

राजस्थान रोयल्सले रिटेन गरेका खेलाडी

सन्जु सामसन- १४ करोड
जोस बटलर -१० करोड
यशस्वी जायसवाल- ४ करोड
खर्च-२८ करोड
मेघा अक्सनलाई-६२ करोड
राजस्थानले रिलिज गरेका खेलाडी
रियान पराग, श्रेयस गोपाल, राहुल तेवतिया, महिपाल लोमरोर, कार्तिक त्यागी, तबरेज शम्सी, ओशेन था‘मस, एविन लुईस, जयदेव उनादकट, मयंक मार्कंडे, अनुज रावत, डेविड मिलर, मनन वोहरा, शिवम दुबे, क्रिस मा‘रिस, मुस्तफिजुर रहमान, चेतन सकारिया, केसी करियप्पा, लियाम लिविंगस्टोन, कुलदीप यादव, आकाश सिंह, ग्लेन फिलिप्स र जोफ्रा आर्चर ।

पञ्जाव किंग्सले रिटेन गरेका खेलाडी

मयंक अग्रवाल- १२ करोड
अर्शदीप सिंह- ४ करोड
खर्च- १८ करोड
मेघा अक्सनलाई- ७२ करोड
पञ्जावले रिलिज गरेका खेलाडी
केएल राहुल, क्रिस गेल, निकोलस पूरन, मनदीप सिंह, सरफराज खान, दीपक हुड्डा, प्रभसिमरन सिंह, मोहम्मद शमी, क्रिस जा‘र्डन, दर्शन नलकांडे, रवि बिश्नोई, मुरुगन अश्विन, हरप्रीत बराड़, ईशान पोरेल, एडेन मार्करम, आदिल रशिद, शाहरुख खान, मोइसेस हेनरिक्स, जलज सक्सेना, उत्कर्ष सिंह, फैबियन एलन, सौरभ कुमार र नाथन एलिस ।

सनराइजर्स हैदरबादले रिटेन गरेका खेलाडी

केन विलियम्सन- १४ करोड
उमरान मलिक – ४ करोड
अब्दुल समद – ४ करोड
खर्च- २२ करोड
मेघा अक्सनलाई- ६८ करोड
सनराईजर्स हैदरावादले रिटेन गरेका खेलाडी
डेविड वार्नर, मनीष पांडे, विराट सिंह, प्रियम गर्ग, राशिद खान, भुवनेश्वर कुमार, खलील अहमद, संदीप शर्मा, सिद्धार्थ कौल, टी नटराजन, अभिषेक शर्मा, शाहबाज नदीम, विजय शंकर, मोहम्मद नबी, शेरफेन रदरफोर्ड, ऋद्धिमान साहा, श्रीवत्स गोस्वामी, बासिल थम्पी, जेसन होल्डर, जगदीश सुचित, केदार जाधव, मुजीब उर रहमान र जोसन रोय

लखनले राखेका खेलाडी

केएल राहुल- १७ करोड
मार्कस स्टोइनिस -११ करोड
रवि विश्नोई- ४ करोड
खर्च-
मेघा अक्सनलाई- ५९.८९ करोड
अहमदाबाद

हार्दिक पाण्ड्या- १५ करोड
राशिद खान – १५ करोड
शुभमन गिल – ८ करोड
खर्च- मेघा अक्सनलाई- ५२ करोड