सरकारको गरेको आग्रहलाई पालना नगरी संचालनमा आएका बिद्यालयलाई कारबाही गर्ने चेतावनी

७ माघ, काठमाडौं । पछिल्लो चरणमा काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका संक्रमण बढ्नथालेपछि सरकारले माघ १५ गतेसम्मका लागि बिद्यालय बन्द गर्न आग्रह गरेको छ । तर केही बिद्यालयहरुले सरकारको गरेको आग्रहलाई पालना नगरी बिद्यालय संचालन गरिएकाले त्यस्ता बिद्यालयलाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने चेतावनी दिएको छ । काठमाडौं कै केही निजी विद्यालयहरु अटेर गरी खुलिरहेको गुनासो आएकोले तत्काल बन्द गर्न निर्देशन दिएको शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए ।

कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलन थालेपछि सीसीएमसीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय विपरीत महानगरपालिका भित्रको केही विद्यालयहरु खुलिरहेको गुनासो आएको विभाग अधिकृत सुवेदीले बताए । उनले भने, ‘यस्तो महामारीमा सरकारको निर्णय विपरीत केही विद्यालय खुलिरहेको भन्ने गुनासो आएको छ । हामीले तत्काल बन्द गर्न निर्देशन दिएका छौं । यदि बन्द नगरेको पाइए कारबाही गर्नेछौं ।