एक सातामा कोरोना भाइरसको सक्रिय संक्रमित ह्वात्तै बढेको छ । देशभर बिहीबारसम्म ५७ हजार सक्रिय संक्रमितमध्ये ६५ प्रतिशत उपत्यकामा रहेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दैनिक नयाँ संक्रमित थपिएको मध्ये ५४ प्रतिशत बढी काठमाडौं उपत्यकामा देखिएको छ ।
नेपालमा देशभर बिहीबारसम्म ५७ हजार ३ सय २८ जना संक्रमितमध्ये उपत्यकामा मात्रै ३७ हजार ९३ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ६ हजार ९ सय ८१ संक्रमित थपिएका थिए । गत २ माघमा देशभर कोरोना संक्रमितमध्ये उपत्यकामा ६७।४३ प्रतिशत नयाँ संक्रमित थपिएका थिए । त्यसपछिका दिनको तथ्यांक हेर्दा दैनिक जसो ५० प्रतिशतभन्दा बढी संक्रमित थपिएको देखिन्छ । ३ माघमा ५८।४९ प्रतिशत, ४ माघमा ५४।०९ प्रतिशत, ५ माघमा ५५।१७ प्रतिशत र ६ माघमा ५६।५९ प्रतिशत कोरोना संक्रमित थपिएका छन् ।
कुल सक्रिय संक्रमितमध्ये एक तिहाइ उपत्यकामा
यस्तै, बिहीबार ६ सय ४९ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या ८ लाख १८ हजार ८ सय ९ पुगेको छ । त्यस्तै, बिहीबार एकै दिन ४ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३२ पुगेको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।