स्थानीय तहको निर्वाचन मिति लगायतका विषयमा पाँच दलीय समन्वय समितिको बैठक बालुवाटारमा चार बजे बस्दै

६ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन मिति लगायतनका विषयमा छलफल गर्न पाँच दलीय समन्वय समितिको बैठक आज पनि बस्दै
छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बैठक बस्ने समन्वय समितिकी एक सदस्य एवम् राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

यसअघि गत मंगलबार पनि समितिको बैठक बसेको थियो । सो बैठकपछि नेताहरुले संवैधानिक व्यवस्थाअनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएको बताएका थिए । नेताहरु थप गृहकार्य गरेर फेरि बैठक बस्न लागेका हुन् ।

आजको बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने अनुमान छ ।

निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । तर सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन ।