कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएका कारण राहदानी वितरण स्थगित

४ माघ, काठमाडौं । कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएका कारण राहदानी वितरण स्थगित भएको छ । उपचार गर्न जाने विदेशमा जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि भने राहदानी दिइने राहदानी विभागले जनाएको छ ।

विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको छ । अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने विभागले जनाएको छ ।

उपचारका लागि विदेशमा जाने तथा अत्यन्त जरुरी परेका अवस्थामा राहदानीका लागि इमेल ९झभचनभलअथ२लभउबउिबककउयचत।नयख।लउ० अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारणसहित अनुरोध गर्नुपर्नेछ । सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदनबारे विभागले दुई दिनभित्र इमेलबाटै जानकारी गराउने छ ।

साथै जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने कार्य जारी नै रहने विभागले जनाएको छ ।