माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय

२ माघ, काठमाडौं । कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका छन् ।