प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित

भोलीका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले आज सुचना जारी गर्दै कोभिड संक्रमणका कारण माघ ३ मा बोलाइएको बैठक बस्न नसक्ने भएकाले माघ १६ गते आइतबार दिउँसो १ बजे बस्नेगरी समय र परिवर्तन गरिएको बताएका छन् ।

यसअघि राष्ट्रिय सभाको बैठक पनि अनिश्चित कालका लागि आजै स्थगित गरिएको सुचना संसद सचिवालयले जारी गरेको थियो ।

v