आज शेयर बजारमा उच्च अंकको सुधार

२९ पुस, काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजारमा उच्च अंकको सुधार भएको छ । हिजो बुधबार ३० अंकले घटेको शेयर बजार आज बिहीबार ५४ अंक भन्दा बढीले बढेको छ । नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेको छ ।

शेयर कारोबार रकम भने घटेको छ । हिजो बुधबार ८ अर्ब माथिको शेयर कारोबार भएकोमा आज बिहीबार ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका करिब ६६ हजार कारोबारबाट २२४ कम्पनीका १ करोड १६ लाख कित्ता हाराहारीमा शेयर किनबेच भएको छ । जसअनुसार कारोबार रक ६ अर्ब ६६ लाख ९७ हजार रुपैयाँ माथिको शेयर कारोबार भएको बताइएको छ । ।