निर्वाचन आयोगले आउँदो शुक्रबार ३० गते विहान ११ बजे सर्वदलीय बैठक बोलायो

२८ पुस, काठमाडौं । निर्वाचन आयोगले आउँदो शुक्रबार ३० गते विहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।

उनका अनुसार सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने भएको छ । ‘दलहरुलाई तीनवटा विषयमा छलफल हुन्छ भनेर विषय तोकेर पठाएका छौं, स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने बताइएको छ।