ब्राजिलमा वर्षाबाट कम्तीमा पनि १० जनाको ज्यान गयो

ब्राजिलमा वर्षाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घण्टादेखि वर्षा निरन्तर रहेको बताइएको छ । सो वर्षाबाट गएको २४ घन्टामा कम्तीमा पनि १० जनाको ज्यान गएको बताइएको छ ।

भारी वर्षा जारी रहेपछि त्यहाँ पहिरो गएको छ । पहिरोमा परी एकै परिवारका एक दम्पत्ती र उनीहरुका दुई सन्तान पुरिएका छन् । पुरिएको स्थानबाट उनीहरुको उद्धारको काम जारी रहेको भए पनि भारी वर्षाका कारण निकै कठिन भएको बताइएको छ ।

सो वर्षाबाट मुत्यु भएका १० जनाको शव भेटिएको बताइएको छ भने अरु केही हराइरहेका बताइएको छ । हराइरहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा गएको २४ घन्टादेखि वर्षा निरन्तर रहेको छ ।

वर्षा अझै केही समय नरोकिने भएकाले घरबाहिर ननिस्किन सूचना जारी गरिएको छ । वर्षा जारी रहेका स्थानमा भौतिक संरचनाहरु पनि भत्किएकाले केही मानिसलाई उद्धार गरिएको छ । –सिन्ह्वा