एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति संयुक्त विद्यार्थी संगठनले ऐक्यवद्धता

२६ पुस, काठमाडौं । एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति संयुक्त विद्यार्थी संगठनले ऐक्यवद्धता जनाएको छ ।

एमालेको अनेरास्ववियुबाहेकका ७ विद्यार्थी संगठनको आज दरबारमार्गमा बसेको बैठकले विभिन्न मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न दबाब दिएको हो ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियनलगायत संगठनहरूले विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौं उपत्यकामा रहेको काठमाडौं मेडिकल कलेजको समस्या समाधान गर्न माग गरेका छन् । नोबेल मेडिकल कलेजको आन्दोलनमा विद्यार्थीमाथि आक्रमण भएको भन्दै कारबाहीको मागसमेत गरेका छन् ।

उनीहरूले समस्या समाधानको पहलका लागि गृहमन्त्री, शिक्षामन्त्री र चिकित्सा शिक्षा आयोगमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेका छन् ।