म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई थप ४ वर्ष जेल सजाय

२६ पुस, काठमाडौं । सुनाइएको छ ।

म्यानमारी सेनाले सञ्चालन गर्दै आएको एक अदालतले कम्तिमा ३ वटा अम्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई थप ४ वर्ष जेल सजाय भियोगमा दोषी ठहर गर्दै सुकीलाई थप ४ वर्षको जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । उनलाई अनाधिकृत रुपमा वाकी टकी प्रयोग गरेको र कोरोना भाइरससम्बन्धी प्रतिबन्ध उल्लंघन गरेको आरोपमा २(२ वर्ष जेल सजाय सुनाइएको हो ।

सेनाले गत फेब्रुअरीमा भएको ‘कू’पछि ७६ वर्षीया सुकीलाई नियन्त्रणमा लिएर झण्डै १ दर्जन अभियोग लगाएको थियो । तर सुकीले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएकी छन् ।

सुकीमाथि लगाइएका अभियोग राजनीतिक प्रेरित भएको सैनिक शासनका आलोचकहरू बताउँछन् । यदि सबै अभियोगमा दोषी पाइएमा उनलाई १०० वर्षभन्दा बढी जेल सजाय हुन सक्ने अलजजिराले जनाएको छ ।

गत महिना समेत प्रदर्शन उक्साएको र कोभिड(१९ सम्बन्धी प्रोटोकल उल्लंघन गरेको आरोपमा ४ वर्षको जेल सजाय सुनाइएको थियो । तर सैनिक नेतृत्वले पछि उक्त सजाय कटौती गरी २ वर्षमा झारेको थियो ।