चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६.९ म्याग्‍निच्यूडको भूकम्प

चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६.९ म्याग्‍निच्यूडको भूकम्प गएको छ । भूकम्पको केन्द्र ३७।७७ डिग्री उत्तरी अक्षांश र १०१।२६ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार बेइजिङ समय अनुसार बिहान १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइमा उक्त भूकम्प गएको हो । विस्तृत विवरण आउँन बाँकी छ ।