नेपालमा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२४ पुस, काठमाण्डौ । नेपालमा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ९४४ जना संक्रमित थपिएका हुन्।

आज १३ हजार २६४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

९ हजार ७६२ जनाको पिसिआर परीक्षण र ३ हजार ५०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

२९७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

आजै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।

अहिले सक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको छ।

यस्तै, काठमाडौं उपत्यकामा ४८१ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३६२, भक्तपुरमा २५ र ललितपुरमा ९४ गरी ४८१ जना थपिएका हुन्।