२४ पुस, काठमाडौं । संसदको सबैभन्दा ठूला दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशैभरी जिल्ला अधिवेशन गर्दैछ । हिमाली जिल्ला र आन्तरिक विवादमा परेका १६ जिल्ला बाहेकका सबै जिल्ला आज एकैसाथ अधिवेशन हुन लागेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा जिल्ला अधिवेशनको उदघाटन एकसाथ गर्ने छन् ।
काठमाडौं जिल्ला अधिवेशनको उदघाटन समारोह मूलपानीस्थित क्रिकेट रंगशालामा आयोजना गरिएको छ । त्यहाँ एक लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ ।
एमालेले जिल्ला अधिवेशनका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला(जिल्लमा केही दिनदेखि नै खटिएका छन् ।