२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता भेटघाट बन्द गरिएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम र राजनीतिक व्यस्तताका कारण भेटघाट बन्द गरेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले आफ्नो फेसबुक स्टाटेडमा जानकारी दिएकी छन् ।
स्वकीय सचिव गंगाले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं । साथै उनले पार्टीको आठौं महाधिवेशनबाट पार्टीको अध्यक्षमा पुनः प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरिएकोमा समग्र नेता तथा कार्यकर्तालाई धन्यवाद समेत दिएकी छन् ।