Breaking News

कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टले अकुत सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टले अकुत सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध ६ करोड ८७ लाख रुपैयाँ बिगोसहित सजाय कायम गरी विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

विष्ट दम्पतीका नाममा काठमाब नेपालमा हराएका बालिकालाई भारत पु(याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने गरेको छ । कोठीबाट उद्धार गरिएका बालिका तथा महिलाको शरीर आकर्षक देखाउन कोठी सञ्चालकले विभिन्न औषधि तथा सुई लगाउने गरेको उजुरीका क्रममा बताउने गरेका छन् ।

२०७४ साउनमा काठमाडौँको कपनबाट हराएका ११ र १३ वर्षका दुई बालिका दिदीबहिनीलाई भारत पु(याइएको थियो । चार वर्षअघि हराएका ११ वर्षकी टिना तामाङ र १३ वर्षकी रिना तामाङ ९नाम परिवर्तन०लाई सुईबाट वयस्क बनाई देहव्यापारमा लगाइएको खुलेको हो । नेपाल प्रहरी अस्पतालका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहले ग्रोथ हर्मोन र एस्ट्रोजोन हर्मोनले महिलाको शारीरिक विकास छिटो हुने बताइन् । उनले यस्ता हर्मोनयुक्त सुई वा औषधिको गलत प्रयोग बेचबिखनमा पर्ने महिला र बालिकामा हुने गरेको पाइएको बताइन् ।

कक्षा चार र पाँचमा पढ्दै गरेका उनीहरूलाई एक महिलाले खानामा बेहोस हुने औषधि राखेर कलकत्ता पु(याएकी थिइन् । उद्धारपछि नेपाल ल्याइएकी टिनाले प्रहरीसँगको बयानमा बेहोस अवस्थामै कलकत्ता पु(याएको बताइन् । बेहोसमा सँगै भारत पुर्‍याइएकी टिनाकी १३ वर्षकी दिदी रिनाको अवस्था भने अहिले पनि अज्ञात छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।डौँ, ललितपुर, भक्तपुर, दाङ, कैलाली, कञ्चनपुर, कास्की लगायत ३२ स्थानमा घरजग्गा रहेको पाइएको छ । कतिपय स्थानमा विष्टका नाममा, कतिपय स्थानमा उनकी पत्नीका नाममा, कतिपय स्थानमा दुवै जनाको नाममा घरजग्गा रहेको अख्तियारको आरोपपत्रमा लेखिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ बोनीले बताए । १९ वटा बैंकमा विष्ट दम्पतीका नाममा खाता रहेको पनि आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले विष्टले सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी पत्नी रुबी जिसी विष्टको नाममा पनि राखेकाले जफत गर्न माग गरेको छ ।

आजको नागरिक दैनिकमा समाचार छ ।