बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु एकजना घाइते

२१ पुस, काठमाडौं । ललितपुरको कुपोन्डोलमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

हिजो राति सवा १ बजे बा९५प ५३३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किंदा पछाडि सवार ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।