Breaking News

गुटको राजनीति नगर्ने भनेका शेखरले भोलिका लागि बोलाए आफु निकट पक्षीयको बैठक

२० पुस, काठमाण्डौ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाइएका छन् । उनले राजधानीको बसेरा होटलमा भोलि बुधबारका लागि बैठक बोलाएका हुन् ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा आफू समूहबाट १४ औं महाधिवेशनमा उम्मेदवार बनेका नेताहरु, प्रदेशका उम्मेदवार र नेताहरुलाई सहभागी हुने बताइएको छ । बैठकमा गत महाधिवेशनका सन्दर्भ र आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै पहिलो र दोस्रो केन्द्रीय समितिको बैठकको निर्णयका साथै पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो समूहप्रति देखाएको अनुदारताका विषयमा पनि छलफल हुने एक नेताले बताए ।

कोइराला पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका थिए भने देउवासँग पराजित बनेका थिए । यसअघि कोइरालाले आफूले काँग्रेसमा गुटको राजनीति नगर्ने बताएपनि उनैले गुटको बैठक बोलाएका छन् ।