Breaking News

मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारीलाई नियुक्त

१९ पुस, काठमाडौं । मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारीले पुगेका छन् । स्वास्थ्य मन्त्री विरोध खतिवडाले हिजो मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।

यसअघिका निर्देशक डा. मोहनराज श्रेष्ठको तीन साता अघि नै अनिवार्य अवकाश भएका थिए ।

नेपाल सरकारको केन्द्रीय मानसिक अस्पतालका रूपमा वर्गीकरण गरिएको मानसिक रोग अस्पताल पाटन हाल ५० बेडमा सञ्चालन भइरहेको छ । बिरामीको चापअनुसार अस्पतालका लागि उक्त बेड संख्या अपर्याप्त भएको निर्देशक डा. अधिकारी बताउँछन् । ‘बिरामीको चापअनुसार अस्पतालको भौतिक संरचनासमेत अपुग छ । अब भौतिक संरचनालाई सुधार गरेर एक सय बेड बनाउने योजना छ,’ डा. अधिकारीले भने ।