ओमिक्रोन नेपालमा थप फैलन नदिन स्वास्थ्य मन्त्रालयले सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई सावधानी अपनाउन निर्देशन

१८ पुस, काठमाडौं । पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले  थप फैलन नदिन भन्दै स्वास्थ्य मन्त्रालयले सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ ।

सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकाहरूमा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायत निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै भाइरसका नयाँ नयाँ भेरिययन्टहरू आउँन सक्ने सम्भावना कायमै रहेको हुँदा स्वास्थ्य मन्त्रालयको निर्देशिका र जनस्वजास्थ्य मापदण्डको पूर्णपालन गर्न तथा भीडभाडमा मास्क लगाउन र खोप लगाउन छुटेका सबैलाई समयमा खोप लगाउनसमेत सबैमा आग्रह गरेको छ ।