Breaking News

राष्ट्रिय सभा निर्वाचनको रणनीति बनाउन सत्ता गठबन्धनको भोलि बिहान बैठक बस्दै

१८ पुुस, काठमाण्डौ । राष्ट्रियसभाको निर्वाचन आउन अब करिब एक महिना मात्र छ । निर्वाचन आयोगले रिक्त हृन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि तयारी सुरु गरेपछि सत्तासाझेदार का ५ राजनीतिक दलले भागबण्डा मिलाउन गठबन्धनको बैठक बोलाइएको छ । भोलि बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो ।

माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछि आज बस्ने भनिएको गठबन्धनको बैठक भोलि बिहान बस्न लागेको बुझिएको छ । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव
हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।

प्रतिपक्षी नेकपा एमाले भने एक्लै चुनावमा जानुपर्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा एमालेलाई पहिलेका ८ वटा सिट जोगाउनुपर्ने चुनौती छ । प्रदेश एक बाहेकका प्रदेशमा गठबन्धनका उम्मेदवारले जित्ने देखिन्छ । यद्यपि प्रदेश एकमा साना दल र स्वतन्त्र सांसदलाई आफ्नो पक्षमा पार्न सके गठबन्धनले चुनाव जित्न सक्ने आधार भने बाँकी
छैन ।

काँग्रेस र माओवादी, एकीकृत समाजवादी र जसपा राष्ट्रियसभाको सिटमा भागबण्डा मिलाउने तयारीमा छन् । काँग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका खाली भएका चार–चार सिटमा भने भागबण्डा हुने छैन ।

चार सिट माओवादीको, चार सिट एकीकृत समाजवादीको र ३ सिट नेपाली काँग्रेसको खाली भएको छ । तत् तत् सिट लिने कुरा स्वाभाविक हो । त्यसपछि एमालेबाट ८ सिट बाँकी रहन्छ ।’

समाचार अनुसार काँग्रेसले ७, माओवादीले ५, एकीकृत समाजवादीले ५ र जसपाले एक सिट पाउने छ । सातै प्रदेशमा मत भारका हिसाबले दोस्रो पोजिसनमा भएकाले ५ सिटमा काँग्रेसले लिने स्रोतको भनाइ छ ।