Breaking News

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै एमालेले बिरोध जारी राख्ने

१८ पुस, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

त्यसअघि प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रतिनिधि सभाको बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश हुने छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा विरोध जनाउँदै आएको छ । आजको प्रतिनिधि सभा बैठकमा पनि विरोधलाई निरन्तरता दिने बताए ।

यसअघि पुस ७ गतेको प्रतिनिधि सभा बैठकले एमालेको विरोधका बीच चार वटा अध्यादेश स्वीकृत गरेको थियो । सो दिन नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश २०७८ र सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ स्वीकृत भएको थियो ।