Breaking News

सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत

१७ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सकिएको सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले पौडेलसगै विमलेन्द्र निधि, वेजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा। प्रकाशशरण महत, डा। नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

नेता पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्माले महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् । निधि र सिंह सभापातिका उम्मेदवार थिए । दोस्रो चरणको निर्वाचनमा दुबैले देउवालाई समर्थन गरेका थिए ।

गच्छदार र कोइराला उपसभापतिमा पराजित भएका हुन् भने महत महामन्त्रीमा पराजित भएका थिए ।

कांग्रेसमा विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । महाधिवेशनबाट १३४ जना निर्वाचित भएका हुन् भने सभापतिका निकटम प्रतिस्पर्धी स्वतस् केन्द्रीय सदस्य हुने विधानको व्यवस्था छ ।