प्रचण्डले खुमलटारबाट झुपडीमा गएर बस्न पनि तयार

१६ पुस, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन जारी छ । अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन हलले पारित गरेको छ । अध्यक्ष प्रचण्डले देशभरका प्रतिनिधिहरुलाई आफू डेरा सर्न तयार रहेको बताएका छन्।

अध्यक्ष प्रचण्डले खुमलटारबाट झुपडीमा गएर बस्न पनि तयार रहेको बताए।

आठौं महाधिवेशनअन्तर्गत आफूले राखेका राजनीतिक प्रस्तावबारे आज स्पष्टीकरण दिँदै अध्यक्ष प्रचण्डले भने, ‘म डेरा सर्न तयार छु। यो विषयमा निकै आलोचना हुने गरेको छ। म झुपडीमा गएर बस्न पनि तयार छु।’

प्रचण्ड खुमलटारस्थित शारदा अधिकारीको घरमा बस्दै आएका छन्। अधिकारी निर्माण व्यवसायी हुन्।

महाधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताहरूले प्रचण्डलाई उक्त डेरा छाड्न सुझाव दिँदै अध्यक्ष बस्ने घर कार्यकर्ताहरूले नै बनाइदिने बताएका थिए।

‘म खुमलटार छाडेर गाउँ जाने कि भन्ने पनि सोच्दैछु। निर्णय त गरिसकेको छैन। तपाईंहरू केन्द्रीय सदस्य पनि काठमाडौं बस्ने होइन गाउँ जाने हो, तयार हुनुहोस् ।