अध्यक्ष प्रचण्डको प्रतिवेदनमा नेता राम कार्की ले पूरक प्रस्ताव पेश

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेर त्यसउपर २५ समूह बनाएर छलफल भइरहेको छ । अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि नेता राम कार्की ले पूरक प्रस्ताव पेश गरेका छन् ।

क्रान्तिकारी कम्युनिष्टहरुले संसदको उपयोग गर्ने नाममा संसदवादमा भासिएको उल्लेख गर्दै कार्कीले पार्टीले आफ्नो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने गतिविधिमा बन्धकी बनाउनु हुँदैन ।

दलाल पुँजीवाद समाप्त गरेर राष्ट्रिय पुँजीवाद कायम गर्ने भन्नु यथास्थितिमै रमाइरहने सोच भएको पनि उल्लेख गरेका छन् ।

Ram Karki Purak Prastab