बामदेव गौतमद्धारा प्रचण्डको तारिख

१२ पुस, काठमाडौं । हिजो पार्टीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटनमा प्रचण्डले बोलेको बिषयमा प्रशंसा गर्दै वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तारिख गरेका छन् ।

आठौं राष्ट्रिय महाधिवेशन उद्घाटनमा प्रचण्डले राजनीतिक संस्कृति निर्माण गर्नेगरी बोलेको भन्दै गौतमले प्रशंसा गरेका छन् ।

‘हाम्रा कतिपय नेताहरुले दुर्वचनबाट कुरा थाल्छन् र दुर्वचनमै टुंग्याउँछन्’ गौतम भन्छन्, ‘तर प्रचण्डले त्यसो गर्नुभएन । सवैको सम्मान
गर्नुभयो ।’

दुर्वचन समाजवादी संस्कृति नभएको उनले बताए । ‘दुर्वचनले समाजवादी संस्कृति निर्माण गर्न सकिदैन, प्रचण्डले नयाँ संस्कृति निर्माणको प्रोत्साहित गर्ने प्रयास गर्नुभयो’, गौतमले भने ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विभाजन भएपछि गौतमले एकता अभियान चलाउँदै आएका छन् ।