स्वास्थ्य क्षेत्रमा पहिलो मिसन स्वास्थ्य शिविर महावैबाट

१२ पुस, कालिकोट । कालिकोट जिल्लाको महावै गाउपालिकामा स्वास्थ्य शिबिर संचालन भइरहेको छ । नेपाल हेल्थ कोर्पस र महावै गाउपालिकाको सहकार्य र मातृका धिताल र राजन अधिकारिको विशेष पहलमा मिति २०७८ साल पौष १० गते देखि आज १२ गते सम्म महावै गाउपालिकामा चितवनका ख्याति प्राप्त डाक्टरहरुद्वारा भिडियो एक्सरे क्यान्सरको जाँच र निसुल्क स्वास्थ्य परिक्षण संचालन भइरहेको छ ।

दुर्घम र स्वास्थ्यको पहुँच कम भएको क्षेत्रमा यस्तो खालको स्वास्थ्य शिविर संचालन भएकाले त्यहाँका स्थानीय बासिन्दाले क्यान्सरको जाँच र निसुल्क स्वास्थ्य परिक्षण पाउन सकेकोमा खुशीका साथै स्वास्थ्य उपचार पाउन सफल भएका छन् । ठूलो रोग लागेपछि मात्र उपचार गर्न तल्लिन स्थानीयबासीहरुको घरआँगनमै स्वास्थ्य शिबिर आए पछि स्वास्थ्य उपचार गर्नेहरुको लामै उस्थिति छ । आज अन्तिम दिन भएकाले स्वास्थ्य जाँच गराउने सेवाग्राहीहरुको उपस्थिति धेरै मात्रमा देखिन्छ ।

No description available.

बिशेषगरी तमाखु र चुरोट अनि आगोको धुवाले मानवको स्वास्थ्यमा असर पार्ने भएको र त्यो प्रयाप्त मात्रामा ग्रामीण इलाकाका व्यक्तिमा देखिने रोग क्यान्सर छ कि छैन र हुन नदिनको लागि खडा गरिएको यो स्वास्थ्य शिबिरले भोलिका दिनमा समेत टेवा दिने भएकाले यो शिबिरलाई महत्वपूर्ण रुपमा लिएर स्वास्थ्य उपचार गर्न आउनै पर्ने शिबिरको रुपमा लिन सबैमा अनुरोध पनि  ।