१० पुस, काठमाडौं । लगातार संसद बैठक अवरोध गरिरहने र प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा समेत नआए पछि सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जाने प्रधानमन्त्री देउवासमक्ष प्रस्ताव राखेका छन् ।
लगातार संसद अवरुद्ध गर्ने र सर्वदलीय बैठकमा समेत नआएको भन्दै प्रचण्डले भने, ‘मैले त प्रधानमन्त्रीजीलाई उहाँ आउनु हुन्न, तपाईं र म नै बालकोट जाऊँ भनेको छु ।’
ओलीलाई भेटेर सदन पनि रोकिदिनुभएन भन्ने र अरु विषय पनि छलफल गर्ने उनको प्रस्ताव छ । शनिबार सम्पादकहरुसँग भएको छलफलमा प्रचण्डले सुनाएअनुसार प्रधानमन्त्री देउवाले महाधिवेशन पछि जाउँला भनेका थिए ।