९ पुस, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग आज शुक्रबार भएको छलफलमा आयोगले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरेको छ । यदि कुनै कारण एकै दिनमा निर्वाचन गर्न सम्भव नभए १४ र २२ वैशाखमा गर्न सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् ।